Shop By CategoryThank you for adding this item to your cart! we're axcited to have you shopping with us.
पुस्तकमा वैदेशिक रोजगारीको इतिहास, रेमिट्यान्सबाट प्राप्त धनको वर्तमानमा समाजमा महत्व, रेमिट्यान्सको प्रयोगबारे स्थापित मान्यता र अवधारणामाथि प्रश्न, वैदेशिक रोजगारीमा जानेहरुको अवस्था, वैदेशिक रोजगारीमा महिला, दलित समुदायको आर्थिक उत्थानमा यसको भूमिका, वैदेशिक रोजगारीबारे सरकारी नीतिजस्ता विषयमा चर्चा गरिएको छ ।
विभिन्न अध्ययन, अनुसन्धान र उपलब्ध तथ्यांकहरुका साथमा सम्बन्धित विषयका विज्ञ र ज्ञाताहरुसँग कुराकानीसमेत गरेर तयारी पारिएका यस पुस्तकमा मैना धिताल, राजाराम गौतम, तुलानारायण साह, रमेश कुमार, सजना बराल, रामचन्द्र श्रेष्ठ र जनकराज सापकोटाका सातजना लेखहरु छन् ।
वैदेशिक रोजगारी यो समय र यो पुस्ताका लागि त्यस्तो परिघटना हो, जसले नेपाली समाजको कायापलटमा चुपचापै महत्त्वपूर्ण योगदान दिइरहेको छ । रेमिट्यान्सले यो देशका अर्थमन्त्रीले वाचन गर्ने बजेटका बुंदा मात्रै होइन, नागरिकले हातमा बोक्ने स्मार्ट फोनको आकार र भान्सामा पाक्ने पकवानका प्रकारसम्म निर्धारण गरिरहेको छ । यो पुस्तकले वैदेशिक रोजगारी र रेमिट्यान्सका केही आयामहरूको चित्रण गर्ने र त्यसमाथि छलफल निम्त्याउने प्रयास गरेको छ । यसमा व्यक्तिका भन्दा बढी सामूहिक अनुभूतिका कुरा छन्, कथा छन् ।परदेशमा पसिना बगाएर पठाएको धनको मात्रै हिसाबकिताब गरिने शास्त्रमा अंकहरूका बीचबाट ती मानिसलाई चियाउने प्रयास गरिएको छ, जसका आँसु र सुस्केराले भावी पुस्ताका लागि आशाको फूल फुलाइरहेका छन्