Publisher: nepa~laya Publication
Genre: Travelogue
Language: Nepali
Published: 2016
Audiobook
Paperback
Origin: Nepal
ISBN13: 9789937909044
Pages: 232
Dimensions: 5.2 x 7.7 x 0.4 inches
Weight: 185 g
About the Book
Sarsarti Sansar is a light-hearted book that encapsulates the author's individual experiences and feelings invoked by different places he travelled to.
पछिल्लो बाहिरी पृष्ठबाट
यो यात्रावर्णन पढ्दा नेपालबाहिरका नेपालीको साहित्य, संस्कृतिप्रति निष्ठा देखेर हामी गद्गद् हुन्छौं । - राष्ट्रकवि माधव घिमिरे
पाठकले पनि नियात्राकारसँगै विभिन्न देश आफै पुगेको अनुभूति गर्नेछन् । - सत्यमोहन जोशी
लेखक आफ्नो नामबाट निस्किने जीवनदायी औषधि जीवन्तिकासँगै यात्रामा हिँडेजस्तो लाग्यो । - मदनमणि दीक्षित
भावनात्मक र रसमय शैलीमा गरिएको यात्रावर्णन रोचक छ । - निर्मोही व्यास
गैरआवासीय नेपाली सङ्घका अभियन्ता तथा पूर्वअध्यक्ष जीवा लामिछाने शिक्षाले इन्जिनियर, पेसाले व्यवसायी, समर्पणले साहित्यसेवी एवम् समाजसेवी हुन् । पढ्नु, भ्रमण गर्नु र भ्रमणका क्रममा अनुभूत गरेका विषयलाई टिपोट गर्नु उनको सोख हो ।
चितवनमा जन्मिएका उनी पुल्चोकस्थित इन्जिनियरिङ कलेजबाट ओभरसियर बने । छात्रवृत्तिमा सोभियत सङ्घ पुगे । मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट उनले स्नातकोत्तर उत्तीर्ण गरे । त्यही बेला सोभियत सङ्घ विघटन भयो | रूसले आर्थिक सुधार थालेपछि यी चनाखा इन्जिनियरले मस्कोमै व्यवसाय सुरू गरे । अढाई दशकको व्यावसायिक जीवनमा उनले लगानी नेपाल पनि भित्र्याए, सानिमा बैंक, कान्तिपुर टेलिभिजन तथा विभिन्न जलविद्युत्, अस्पताल, कलेजका क्षेत्रमा । पछिल्लो समय उनी जर्मनीको प्रयाङ्कफर्टमा होटल व्यवसाय गर्दैछन् ।
यस सङ्ग्रहमा उनले गैरआवासीय नेपाली सङ्घको अभियान र व्यावसायिक तथा पारिवारिक भ्रमणका क्रममा भोगेका पाँचै महादेशका अनुभूतिलाई समेटेका छन् । जन्मस्थान पद्मपुरको नामबाट पद्मश्री साहित्य पुरस्कार तथा पद्मश्री साहित्य सम्मान स्थापना गरेका उनले संसारलाई स्वादपूर्वक नियाल्ने नियात्रामार्फत नेपाललाई बाहिर बाहिरै जोडेका छन् ।