Shop By CategoryThank you for adding this item to your cart! we're axcited to have you shopping with us.
संस्कृतिविद् सत्यमोहन जोशीको आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ ।
तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।
पछिल्लो बाहिरी पृष्ठबाट
एक सय दुई वर्षको उमेरमा पनि अविश्राम खटिरहेका सत्यमोहन जोशीले बाँचुन्जेल नेपाली पहिचानका विभिन्न क्षेत्रहरूप्रति जिज्ञासा राख्दै आएका छन्। उनले आजीवन त्यसैको खोजी एवम् अन्वेषणमा आफूलाई समर्पित गरे । प्रारम्भिक दिनमै उनी राणाकालीन सरकारी जागिरे भई। सर्भे गर्न गाउँघर पसेका थिए । सर्भेका तथ्याङ्कसँगै भोगाइहरू पनि समेटिए । त्यसले उनलाई वाङ्मय र संस्कृतिको क्षेत्रतर्फ मोडिदियो । आफ्ना अनुभवहरू उभ्याउँदै सिङ्गो मुलुककै लामो कालखण्ड बयान गर्न सक्ने उनी अब त्यो पुस्ताकै एक्लो कथावाचक हुन् । यो पुस्तक जोशीको जीवनका एकपछि अर्को चाखलाग्दो भोगाइको माध्यमबाट नेपाली समाजको लामो आरोह। अवरोहलाई चियाउने आँखीझ्याल पनि हो ।